दक्षिणी गाजाको रफाहमा इजरायली सेनाको सैन्य कारबाही तिब्र

प्यालेस्टाइनीलाई अल–मावासी क्षेत्रमा जान अपिल

इजरायलले दक्षिणी गाजामा सैन्य कारबाहीलाई तीव्र पार्दै हजारौं प्यालेस्टाइनीहरूलाई रफाह छोड्न निर्देशन दिएको छ । इजरायली सेनाले इजरायलले रफाहको पूर्वी जिल्लाका बासिन्दाहरूलाई समुद्री किनार नजिकैको साँघुरो पट्टी अल–मावासीलाई मानवीय क्षेत्र घोषणा गर्दै सो क्षेत्रमा जान अपील गरेको हो ।संयुक्त राष्ट्रसंघीय निकायले सो क्षेत्रमा पिउने पानीको सुविधा तथा सरसफाइको व्यवस्था नभएकाले हजार्रौ प्यालेस्टाइनीहरु थप मारमा पर्ने भन्दै चिन्ता प्रकट गरेको छ । हमास र इजरयालबीच जारी युद्धका क्रममा गाजाबाट बिस्थापित शरण लिएर बसेको क्षेत्रमा इजरायलले आक्रमण गर्दै आएको छ । फाहमा योजनाबद्ध रुपमा आक्रमण जारी राखेकाले प्यालेस्टाइनीहरुको हताहती र मानवीय संकट निम्तन सक्ने अन्र्तराष्ट्रिय समुदायको चेतावनी छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले आफ्ना बन्धकहरूलाई रिहा गरेकै भोलीपल्ट युद्धविराम हुने सम्भावना रहेको बताएका छन । हमास भने स्थायी युद्धबिराम हुने भएमात्रै बन्धकहरु छोड्न राजी भएपछि वार्ताले निकास पाउन सकेको छैन । यसैविच हमासको सशस्त्र शाखा एजेदिन अल–कसम ब्रिगेडले शनिबार हमास लडाकूद्वारा बन्धक बनाइएका एक व्यक्तिको भिडियो जारी गरेको छ । फुटेजमा उनी जीवित रहेको देखिएको छ । अक्टोबर ७ मा हमास लडाकू समूहले दक्षिणी इजराइलमा हमला गरेर गाजा क्षेत्रबाट करिब दुई सय ५० मानिसलाई बन्धक बनाएको थियो । इजराइली अधिकारीहरूक अनुसार तीमध्ये एक सय २८ लाई अहिले पनि प्यालेस्टिनी क्षेत्रमा बन्दी बनाइएको छ । तीमध्ये ३६ जनाको मृत्यु भइसकेको छ ।। 

प्रतिक्रिया