पर्वतको शंकरपोखरीमा बोरिङमार्फत पानी वितरणको तयारी
खानेपानीको चरम अभाव रहेको पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा बोरीङ मार्फत खानेपानीको आयोजना सञ्चालनमा आउने भएको छ । वडाका तीन स्थानमा जमीन मुनीको पानी बोरीङ मार्फत निकासी गरेर खानेपानीको व्यवस्था गर्न लागिएको हो । गएको वर्ष वडा न तीन विष्टपानीमा बारीङ मार्फत खानेपानीको सफल भएपछि चालु वर्षमा वडाका तीन स्थानमा वोरिङ मार्फत पानी निकालिएको हो । मल्यङदी खोला लिप्ट खानेपानी आयोजनाको बजेट मार्फत बोरीङ गरेर पानी खुवाउन थालिएको हो ।
चालु वर्षमा धारापानी , मैदान र आँखेत गरी तीन स्थानमा बोरीङ मार्फत पानी निकालेर वितरण थालीएको छ । तीन स्थानमा निकासी गरीएको वोरिङ चरम खानेपानी समस्या भएका शंकर पोखरीका आधा बस्ती समेटिने भएको छ ।
पुर्कोट र लिमिकोट जस्ता पहाडका टाकुरामा वस्ती रहेको शंकर पोखरीमा विभिन्न वस्तीमा एक हजार घरधुरी रहेका छन । जस मध्ये ६ सय घरले खानेपानी समस्या झेल्दै आएका छन ।
प्रतिक्रिया