बोडेका २८ वर्षीय सुजनले  दोस्रो पटक छेडे जिब्रो

बोडेका २८ वर्षीय सुजन बाग; श्रेष्ठले यो बर्ष दोस्रो पटक जिब्रो छेडाएका छन । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक मनाइने ‘जिब्रो छेड्ने जात्रा’ अन्र्तगत उनले आज दिउसो जिब्रो छेडाएका हुन । हरेक वर्ष वैशाख २ मा मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष बोडेका श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन । जात्रामा मध्यपुर ठिमी वडा नम्बर २ मा रहेको गणेशको मन्दिर अगाडि गरेको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने चलन छ ।
जिब्रो छेडिसकेपछि जिब्रो छेड्ने व्यक्तिले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मी लगायत विभिन्न शक्तिपीठमा परिक्रमा गर्दछन् ।  परिक्रमा गरिसकेपछि मात्र जिब्रोमा छेडिएको सुइरो निकालिने चलन छ । युवाहरूले नै संस्कृति बचाउनु पर्छ भन्ने सन्देश दिन र हरेक वर्ष जिब्रो छेडाउन युवाहरू तयार हुनुपर्छ भन्ने सन्देश दिन जिब्रो छेडाएको उनको भनाइ छ । उनी नवौँ पटक जिब्रो छेडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठको कान्छो छोरा हुन । जात्रामा जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि नै केही नखाई व्रत बस्नुपर्ने नियम छ । त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिध्नबाधा आउने जनविश्वास छ । 
 

प्रतिक्रिया