काँग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराछन्: ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको आरोप लगाएका छन । आज प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले चालु अधिवेशन आज रातिदेखि अन्त्य हुनु स्वभाविक भएको बताएका हुन । अध्यक्ष ओलीले हिउँदे अधिवेशन अन्त्यको सन्दर्भमा नेपाली काँग्रेसले आक्रोश र पीडाले मनलाग्दी ‘जे पायो त्यही’ बोलिरहेको दाबी गरे । 
अध्यक्ष ओलीले संसद पुराना अनुभवहरु लिएर चल्नुपर्ने भन्दै संसदीय प्रणालीलाई रक्षा गर्नुपर्ने बताए । नेपाली काँग्रेस ढिपी र जिद्दीमा जाने गरेको भन्दै यस्तो तरिकालाई काँग्रेसले सच्याउनुपर्ने भन्दै उनले संयमित ढंगले विधि अन्तर्गत समाधान खोज्न प्रतिपक्षलाई सुझाव दिए । प्रतिनिधि सभाबाट विधेयक पारित गर्न अघिल्लो सरकारले ध्यानै नदिएको र सरकार भर्खर आएकाले धेरै विधेयकहरु परित गर्न नसकेको अध्यक्ष ओलीको भनाइ थियो । 

प्रतिक्रिया