देशमा राजतन्त्र फर्काउने कुरा असम्भव: देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको बताएका छन । आज काठमाडौंमा स्व.सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई उनले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गरेर जानुपर्ने बताएका हुन । विगतमा बन्दुक उठाएकाहरुले पनि अहिले बहुदलीय व्यवस्था मानेर आएको उल्लेख गर्दै सभापति देउवाले बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यक रहेको बताए । पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सबैलाई समेट्ने र सबैलाई मिलाएर लैजाने नेतृत्व आवश्यक रहेको बताए । देशमा पूर्वाग्रह नराख्ने, सबैलाई समेटेर लिने, सबैलाई मिलेर लैजाने एउटा परिस्थिति आवश्यक रहेको उनको भनाइ थियो । कमार्यक्रममा नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले देशमा लुटतन्त्र व्याप्त भएकाले नागरिकहरु निराश रहेको बताए ।  देश असन्तोष, अराजकता र बिद्रोहतिर उन्मुख भएको उनको भनाइ थियो ।। 
 

प्रतिक्रिया