काठमाडौँमा वायु प्रदूषण विश्वमै दोस्रो स्थानमा
काठमाडौँ उपत्यका आज वायु प्रदूषण मापनमा विश्वमै दोस्रो स्थानमा पुगेको छ । केही दिनयता मुलुकभर लागेको डढेलोका कारण काठमाडौँ उपत्यकामा अहिले उच्च वायु प्रदूषण भएको हो । एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँ उपत्यका वायु प्रदूषणमा विश्वकै दोस्रो र बंगलादेशको राजधानी ढाका पहिलो सूचिमा रहेका छन । इन्डेक्सका अनुसार आज काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई १ सय ७४ छ । प्रदूषणमा पहिलो स्थानमा रहेको बंगलादेशको राजधानी ढाकाको एक्यूआई आज १ सय ९१ छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । तर ५० सम्मको एक्यूआई सम्मलाई सामान्य नै मानिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर मानिन्छ ।।
प्रतिक्रिया