गृहमन्त्रीको राजीनामा होइन संसदीय छानबिन समितिमात्रै माग गरेका हौ: गगन थापा

नेपाली कांग्रेसले गृहमन्त्रीको राजीनामा नमागेको स्पष्ट पार्दै संसदीय छानबिन समितिमात्रै माग गरेको बताएको छ । कांग्रेसका महामन्त्री गगन थापाले एक भिडियो सन्देशमार्फत् आफूहरुले अहिले गृहमन्त्रीको राजीनामा माग नगरेको स्पष्ट पार्दै संसदीय छानबिन चारवटा कारणले आवश्यक रहेको बताएका हुन । उनले यसअघि बनेका समितिका बारेमा पनि जानकारी गराउँदै  समिति बनाउनुपर्ने कुरामा आत्तिनु नपर्ने बताएका हुन । 
उनले कांग्रेसले  गृहमन्त्रीको राजीनामा मागेका होइनौँ, संसदीय छानबिन समिति बनाउन माग गरेको पनि स्पष्ट पारेका हुन । उनले छानबिन समितिमा कांग्रेस, एमाले, रास्वपालगायत सबै दलका प्रतिनिधि रहने बताउँदै यसमा आपत्ति जनाउन नपर्ने बताएका हुन ।  महामन्त्री थापालले कांग्रेसले गलत कुरा उठाएको हास्यास्पद तर्क अघि सारिरहेको बताएका छन् । विष्णु पौडेल वा जनार्दन शर्माको छानिबन गरेजस्तो नभएकाले  मनमा पाप छैन भने डराउनुनपर्ने पनि गगनको भनाइ छ । सूर्यदर्शन, सहारा, हाम्रो नयाँ कृषिलगायतमा समस्या देखिएको छ । सञ्चालक भागेको अवस्था रहेको थापाले बताएका छन् । ठगी गर्नेमा राजनीतिक शक्तिशाली जो भए पनि किन अनुसन्धानमा आएन ? भन्ने बारेमा संसदीय छानबिन समितिले हेर्ने महामन्त्री थापाको भनाइ छ ।  दर्जनौं सहकारी संस्थामा लाखौं मानिसको डिपोजिट रहेको र उनीहरु अहिले सडकमा आइपुगेको बताउँदै उनीहरुका समस्या पनि समितिले सुन्ने धारणा राखेका छन् ।

प्रतिक्रिया