उपनिर्वाचनका लागि करिब दुई लाख मतपत्र छापिने

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि करिब दुई लाख मतपत्र छापिने भएको छ । इलाम–२ र बझाङ–१ को एक मा यही वैशाख १५ गते उपनिर्वाचन हुँदै छ। उपनिर्वाचनका लागि डिजाइन स्वीकृत भइसकेको र आगामी साता मतपत्र छपाइ सुरु हुने  आयोगले जनाएको छ । इलाम–२ का लागि एक लाख २८ हजार र बझाङ १ को एकका लागि ६८ हजार मतपत्र छापिने छ। मतपत्र छपाइ भक्तपुरको सानोठिमीमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मुद्रणालय मा हुने छ। इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता छन्रु। बझाङ मा ६१ हजार ७४८ मतदाता छन। दुवै क्षेत्रमा कुल मतदाताको १० प्रतिशत बढी मतपत्र छापिने छ। दुबै क्षेत्रमा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रका लागि एकै प्रकारको मतपत्र हुने आयोगले जनाएको छ । दुवै क्षेत्रको उपनिर्वाचनमा प्रयोग हुने मतपत्र सेतो पृष्ठभूमिमा रातो चिह्न र विवरण अङ्कित हुने छ। इलाम–२ मा १९ जना उम्मेदवार छन। बझाङमा ११ जना उम्मेदवार छन । इलाम–२ मा १२ जना राजनीतिक दलका र सात जना स्वतन्त्र उम्मेदवार छन। बझाङमा उम्मेदवारी कायम रहेका ११ जना नै दलीय उम्मेदवार छन । इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। 

प्रतिक्रिया