नयाँ बर्षको आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा नयाँ उत्साह
काठमाडौं । नयाँ वर्ष २०८१को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको छ । कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र बिस्तारै लयको बाटोमा रहनुका साथै पर्यटकीय स्थलहरु नयाँ बर्षमा भरिभराउ भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन । नयाँ बर्षका लागि पर्यटकीय क्षेत्रहरु पोखरा, सौरहा, लुम्बिनी, धुलिखेल, नगरकोट लगायतका होटलले विशेष छुट सहितका अफर सार्वजनिक गरेका छन । नयाँ बर्षमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्ने भएकाले व्यवसायीमा पनि सकारात्मक आशा जगाउने गरेको छ । आज ठमेल, पोखरा, सौराहा, लुम्बिनी, धुलिखेल, नगरकोटा भेँडेटारलगायत क्षेत्रमा ‘न्यू इअर इभ’ कार्यक्रम आयोजना गरिएको छ, यसले पर्यटनलाई थप चलायमान बनाएको छ । पोखरामा पर्यटकीय क्षेत्र ड्यामसाइडदेखि हल्लनचोकसम्मको तीन किमी सडक क्षेत्रमा महोत्सव आयोजना गरिएको छ । कुनै बेला पर्यटक नभएर सुनसान हुने रुपन्देहीका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको ओइरो छ । बुटवल र आपासका पार्क तथा पर्यटकीय क्षेत्रमा अप्रत्याशित रुपमा आन्तरिक पर्यटक बढ्ेका छन । नयाँ वर्षको अवसर पारेर चितवनका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको भिड लागेको छरु। केही समय सुस्ताएको चितवनको पर्यटन क्षेत्र अहिले हरेक हप्ता जस्तो पर्यटकको चहलपहल वृद्धि भएको व्यवसायीले जनाएका छन । भक्तपुरको नगरकोट र काभ्रेका धुलिखेललगायतका स्थानमा रहेका होटल तथा रिसोर्टका होटलको कोठा बुकिङ फुल भएका छन् । धुलिखेल, पनौती, बनेपामा रहेका होटल तथा रिसोर्टले नयाँ वर्षलाई लक्षित गर्दै प्याकेजहरू सार्वजनिक गरेसँग जिल्लामा रहेका अधिकांश होटलका कोठा बुकिङ फुल भएको हो । नेपालमा २५ लाख पर्यटक धान्ने होटलको क्षमता रहेको छ । सरकारी तथ्यांकमा मुलुकभर एक हजार एक सय होटल छन् । होटल एसोसियन अफ नेपाल हानको विवरणमा सबैखाले होटल गरी चार हजार छन ।
प्रतिक्रिया