सुदुरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्ने भएको छ । नाउपाका बहुमत सांसदहरूले आफ्नो नेतृत्वको सरकार गठन गर्ने  सरकारको नेतृत्व लक्ष्मण किशोर चौधरीले गर्ने गरी लिखित सहमति गरेका हुन । संसदीय दलका नेता रहेका घनश्याम चौधरी, प्रमुख सचेतक खुसीराम चौधरी, लक्ष्मण किशोर चौधरी र रामेश्वर चौधरीले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनको प्रयास गर्ने भएका हुन । सुदूरपश्चिममा नाउपाका ७ सांसद थिए । इन्दिरा गिरीलाई पार्टीले फिर्ता बोलाएपछि अहिले ६ जना छन् । लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन ६ मध्ये ४ सांसदले सहमति गरेका छन् । सुदूरपश्चिममा सरकार गठनका लागि प्रदेश प्रमुख नजिर मियाँले वैशाख २ गते बेलुकी ५ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका छन । भोलि वैशाख १ गते प्रदेश प्रमुख कहाँ दाबी पेस गर्ने तयारी नागरिक उन्मुक्तिको तयारी छ । सुदुरपश्चिममा बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना चाहिन्छ । तर ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाका निधन भएको र  हालै नाउपाको इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन् । अब सरकार निर्माण गर्न २६ जना भए पुग्छ । नयाँ सत्ता गठबन्धन घटक दल माओवादीको १० , एमालेको १०, एकीकृत समाजवादीको ४ र नाउपाको ६ मध्ये ३ र स्वतन्त्र सांसदको समर्थनमा दाबी पेस गर्ने नाउपाको तयारी छ ।
 
 

प्रतिक्रिया