डोल्पामा सामुदायिक बनमा भएको आगलागीमा घाईते तीन बालबालिकामध्ये एकको मृत्यु

काठमाडौं । डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीन जना बालबालिकामध्ये एक जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको भएको हो । बाँकी दुई जनाको थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको छ । गाउँ नजिक रहेको उक्त वनमा बिहीबार बिहान गुच्ची च्याउ टिप्न गएका  बालबालिका  अपरान्ह गम्भीर घाइते भएका हुन् । उनीहरूलाई उद्धार गरेर साँझमा जिल्ला अस्पताल पुर्याइएको थियो । हरसम्भव प्रयास गर्दा पनि घाइतेलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारका लागि काठमाडौँ लैजान हेलिकप्टरको व्यवस्थाको गरेको छ । गत मङ्गलबार डोल्पाको ठुलीभेरी नगरपालिका–४ मा रहेको मष्टा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका चार जना नेपाली सेनाका जवानमध्ये तीन जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया