राष्ट्रिय सभा बैठक आज दिउसो बस्दै

काठमाडौं । आज राष्ट्रियसभा बैठकसंघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो दिउसो सवा एक बजे सुरु हुनेछ । आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सबन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ प्रतिनिधिसभावाट भएका संसोधन माथि छलफल गरियोस’ र सो ‘संसोधनलाइ सहमति गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ ।

प्रतिक्रिया