राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइयो: लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइएको आरोप लगाएका छन । आज काठमाडौंमा आयोजित कार्यक्रलमा उनले पछिल्लो दिनमा राजनीति विकृत भएको गुनासो गरेका हुन । राजनीति भन्दै बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो र छोराछोरी पाल्ने पेशा जस्तो सोचिरहेको भन्दै अध्यक्ष लिङ्देनले राजनीति भन्ने बित्तिकै मानिसहरु डराउने अवस्था सिर्जना भएको बताए । 
अध्यक्ष लिङदेनले राजनीतिलाई पेशा नभइ सेवाको रुपमा अवलम्वन गर्नुपर्ने पनि स्पष्ट पारे ।। 

प्रतिक्रिया