आगलागिको घटना हुन नदिन सरकारले उचित कदम चाल्नुपर्छः मुस्लिम आयोग

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले डढेलो नियन्त्रणको लागि गम्भिर बन्न सरकारलाई आग्रह गरेका छन । देशभर आगलागिको घटना बढिरहेको बेला उनले त्यसको नियन्त्रणका लागि गम्भिर बन्न सरकारको ध्यानाकर्षण गरेका हुन । अध्यक्ष अन्सारीले सुनसरीलगायतका जिल्लाहरु आगलागिबाट ठूलो जनधनको क्षति भइरहेको उल्लेख गर्दै उहाँले त्यसो हुन नदिनका लागि आगो र अन्य प्रज्वलनशील सलाई, लाईटर लगायतका सामग्रीहरुको उचित व्यवस्थापन गर्न पनि सबैलाई आग्रह गरे । 
अध्यक्ष अन्सारीले दैनिक क्रियाकलापले जलवायु परिवर्तनको असरलाई बढावा दिने काम गर्न नहुनेतर्फ पनि सबैले सचेत बन्नुपर्ने अध्यक्ष अन्सारीको भनाई थियो । त्यस अवसरमा अध्यक्ष अन्सारीले इस्लाम धर्मावलम्वीहरुको पर्व ईद उल फित्र –ईदको पनि शुभकामना व्यक्त गरेका छन । 

प्रतिक्रिया