काभ्रेमा विपद् व्यवस्थापन प्रतिकार्य योजना बनाउन सुरु
मनसुन सुरु हुनै लाग्दा काभ्रेमा विपद् व्यवस्थापन प्रतिकार्य योजना बनाउन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक अन्तर्गत जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले मनसुन तथा विपद् बाट प्रभावित हुनसक्ने स्थान पहिचान गरी संकट अवस्थामा रहेका समुदाय एवं वस्तीहरुको पहिचान तथा र जोखिम न्यूनिकरणका उपायहरु अवलम्वन गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा सञ्चालनमा रहेका दमकल, एम्बुलेस लगायतका अत्यावश्यक सवारी साधन सञ्चालनमा सवै स्थानिय तहको समन्वय आवश्यक रहेको वताईन् ।
बैठकमा जनप्रतिनिधिहरुले स्थानीय तहमा विपद् व्यवस्थापनका लागि भएका प्रयास तथा विपद्को जोखिमका बारेमा धारणा राख्दै पूर्वतयारीले धेरै जनधन जोगाउन सक्ने बताए । बैठकले विपद् प्रतिकार्यका लागि आवश्यक पर्ने सामाग्रीहरुको सम्बन्धित सबै निकायहरुले तयारी अवस्थामा राख्ने, एम्बुलेन्स दमकलहरु अन्तर स्थानीय तह समन्वय गरी परिचालन गर्ने, स्थानीय विपद् व्यवस्थापन कोषबाट खर्च भएको रकमको विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको छ ।
प्रतिक्रिया