प्रदेशहरुमा विधमान सत्ता समिकरण अनुसार सरकार निर्माण हुन्छ: शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेशहरुमा विधमान सत्ता समिकरण अनुसार सरकार निर्माण हुने कुरामा कुनै कानूनी बाधा नरहेको दाबी गरेका छन । आज सिन्धुलीमा पत्रकारसँग कुरा गर्दै उनले सत्ता समिकरणकै पक्षमा सबै प्रदेशमा सरकार गठन हुने बताएका हुन । महासचिव पोखरेलले देश संकटकै अवस्थामा रहेकाले विकास र सुशानसनका माध्यमद्धारा सम्बृद्धि तर्फ लैजानुपर्ने बताए ।
महासचिव पोखरेलले आगामी निर्वाचनमा नेकपा एमाले ठुलो र बलियो दल बन्ने दाबी समेत गरे । उनी नेकपा एमाले सिन्धुलीको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्न सिन्धुली पुगेका हुन । 
 

प्रतिक्रिया