प्रतिनिधि सभा बैठक वैशाख २ गतेसम्मका लागि स्थगित

प्रतिनिधि सभाको बैठक आगामी वैशाख २ गतेसम्मका लागि स्थगित भएको छ ।  आज(बुधवार) बसेको प्रतिनिधि सभा बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगि प्रकरणको लागि संसदीय छानविन छानविनको माग राखेको थियो । दलगत प्रनिनिधित्वको आधारमा सांसदहरुले आकस्मिक समयमा समसामयिक विषयमा आ–आफ्नो धारणा  समेत बैठकमा राखेका थिए । नेताहरुले बोलिसकेपछि सभामुख देवराज घिमिरेले शुन्य समय प्रारम्भ गरेसँगै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले उभिएर बैठक अवरुद्ध गरेका हुन् । लगत्तै प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरु पनि उभिएर सहकारी पीडितलाई न्याय दे लगायतका नाराबाजी समेत गरेका थिए ।त्यसपछि सभाामुख घिमिरेले आगामी बैठक २०८१ साल वैशाख २ गते आईतवार बिहान ११ बजे बस्नेगरी आजको बैठक स्थगित भएको जानकारी दिए । 
 

प्रतिक्रिया