सहकारी ठगी प्रकरणमा सत्तारुढ र प्रतिपक्ष सांसदको आरोप प्रत्यारोप

४७  सालदेखिकै सम्पती छानविन गर्न सबै दल सकारात्मक

प्रतिनिधि सभा बैठकमा सहकारी ठगी प्रकरण सत्तारुढ र प्रतिपक्ष सांसदले आज आरोप प्रत्यारोप गरेका छन । आजको प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले आफुहरुले सहकारी ठगि प्रकरणमा आफूहरुले कसैलाई दोषि करार नगरेको बताए । सहकारीको सदस्य नभएको संस्थाले पैसा लिन नपाएपनि लगिएको भन्दै उनले यसको संसदीय समिति बनाएर छानविन गर्नुपर्ने कांग्रेसको माग कसैलाई फसाउन नभएको उल्लेख गरे । सत्तारुढ प्रमख घटक नेकपा एमालेका सांसद सूर्य थापाले नेपाली काँग्रेसले सहकारीको विषयलाई लिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई खेद्नु उचित नभएको बताए । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सहकारीको विषयलाई सत्ता दाउपेचको विषय बनाउनु नहुने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगि प्रकरणको छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्ने उल्लेख गरे । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले माग गरे अनुसारको सहकारी ठगि प्रकरणको छानविन गर्न संसदीय समिति बनाउन माग गरे ।  सांसद पाण्डेले दोषिलाई उम्काउने गरी नभई कारबाही गर्नेगरी छानविन गर्नुपर्ने स्पष्ट पारे । 
 

प्रतिक्रिया