काठमाडौंको भद्रकालीमा प्रहरी र राप्रपाका कार्यकर्ताविच झडप

काठमाडौंको भद्रकालीमा प्रहरी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका कार्यकर्ताविच झडप भएको छ । राप्रपाका कार्यकर्ता निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले प्रहरीले पानीको फोहोरा र अश्रु ग्यास हानेको हो । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र प्रदर्शनमा सहभागी राप्रपा समर्थितहरूबीच झडपसमेत भएको थियो । त्यहीक्रममा प्रहरीले पानीको फोहोरा हानेको हो । प्रदर्शनमा सहभागीहरूले राजतन्त्रको पक्ष र गणतन्त्रको विरोधमा नारा लगाएका थिए । साथै उनीहरुले प्रहरीमाथि ढुङ्गामुढासमेत गरेका थिए । 
प्रहरी प्रदर्शनकारीविचको झडपमा केही घाइते भएका छन् । केही राप्रपा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झडपपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अब आफूहरूको आन्दोलन गृहमन्त्रीको राजीनामा मागमा केन्द्रित हुने बताएका छन् । अध्यक्ष लिङदेनले राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङलाई प्रहरीले आक्रमण गरेर घाइते भएको बताउँदै अब आफूहरूले गृहमन्त्रीको राजीनामा माग्ने बताएका हुन् । उनले आफूहरूले शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा पनि प्रहरीले दमन गरेको आरोप लगाए । गत फागुन ९ गते राप्रपाले सरकारसँग ४० बुँदे माग राखेको थियो ।  मागबारे सरकार उदासीन देखिएको भन्दै राप्रपाले जनप्रदर्शन गरेको हो । संघीयता र धर्म निरपेक्षता खारेजी र संबैधानिक राजतन्त्र कायम हुनुपर्ने लगायतका माग राप्रपाले राखेको छ ।

प्रतिक्रिया