गृहमन्त्रीमाथि छानविनको माग गर्दै कांग्रेसद्वारा प्रतिनिधि सभा अबरुद्ध

प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमाथि छानविन गर्न माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली काँगेस र विना प्रमाण छानविन समिति गठन गर्न नमिल्ने जिकिर गर्दै आएको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पाटीले उठेर बैठक अवरुद्ध पारेका हुन । सत्तापक्ष र प्रतिपक्ष दुबै उभिएपछि बैठक अबरुद्ध भएको हो । 
त्यसलगत्तै काँग्रेस सचेतक सुशीला थिङले करोडौ सहकारीको रकम दुरुपयोग, अपचलन र ठगीमा सरकारका मन्त्री नै संलग्न गरेकाले संसदीय छानविन समितिमार्फत छानविन नगरेसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने चेतावनी दिइन । सरकारले नेपाली काँग्रेसलाई गलाउनका लागि संसदीय छानविन समिति नबनाएको उनको आरोप छ । 
सचेतक थिङले सूर्यदर्शन सहकारी लगायत ६ वटा सहकारीबाट करिव १ अर्ब रुपैयाँ गैरकानूनी रुपमा गोर्खा मिडिया कम्पनीमा लगाइएको भन्दै त्यस्तो काम गर्नेले दण्ड पाउँछ पाउँदैन भनेर प्रश्न गरिन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दै सदन अवरुद्ध गरेको र काँग्रेसको सो कदमको बिरोधमा सत्तारुढ एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले पनि उठेर अवरोध गरेपछि बैठक केही समयका लागि स्थगित भएको छ । 
 

प्रतिक्रिया