सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो । योसँगै छापावाल सुन १ लाख ३६ हजार ३ सय, तेजाबी सुन १ लाख ३५ हजार ६ सय ५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ३६ हजार २ सयको नयाँ कीर्तिमान बनाएको सुनको मूल्यले आज फेरि नयाँ उचाइ प्राप्त गरेको हो । चाँदीको मूल्य भने स्थिर छ । अघिल्लो दिन १ हजार ६ सय ८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्यमा आज कुनै परिवर्तन नआएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च छ । आज २ हजार ३ सय ४५ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया