उपनिर्वाचनअन्तर्गत आज उमेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै

काठमाडौं । उपनिर्वाचनअन्तर्गत आज  उमेदवारको अन्तिम नामावली प्रकाशन गरिँदैछ ।निर्वाचन आयोगका अनुसार आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ । दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । उपनिर्वाचन हुने इलाम–२ मा २० जना र बझाङ १ को एकमा १२ जनाले उमेदवारी दर्ता गराएका छन् । २०८१ वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया