राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा जनप्रदर्शन गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ ।संबैधानिक राजतन्त्रका पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौंमा बृहत प्रदर्शन गर्न लागेको हो । अपरान्ह भृकुटीमण्डपबाट सुरू हुने सो प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुने पार्टीले जनाएको छ । राप्रपाले आजको प्रदर्शनमा ५० हजार भन्दा बढी सहभागि हुने दावी गर्दै आएको छ । राप्रपाले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाएको थियो । जसमा संवैधानिक राजसंस्था, धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र घोषणा, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार केन्द्र र अधिकारप्राप्त स्थानीय तह निर्माण लगायतका विषय समेटिएका छन ।

प्रतिक्रिया