गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी एमालेका गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन  । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १ सय ६८ को दुई  बमोजिम उहाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । मुख्यमन्त्री अधिकारीले आजै शपथ लिने तयारी गरेका छन । अधिकारीले माओवादीबाट १ जना र एकीकृत समाजवादीका दीपक मनाङेलाई मन्त्री बनाउने तयारी गरेका छन् । यसअघि आजै नेता अधिकारीले एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सभामुख सहित आठ सभामुखसहित र एक स्वतन्त्र गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यन्त्रीमा दाबी पेस गरेका थिए । कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ । नेपाली कांग्रेसले भने मुख्यमन्त्री नियुक्ती प्रक्रिया असंवैधानिक भएको भन्दै प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ । राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेसको भनाइ छ । यस अघि कोशी प्रदेस सरकार गठनमा सभामुखले मत दिएपछि सर्वोच्चले सो सरकार बर्खास्त गरेको नजिरलाई बेवास्ता गर्दै गण्डकीमा नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रतिक्रिया