नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दै छ । वैशाख ८ देखि १० गते हुने प्रतिनिधि परिषदको बैठक व्यवस्थापनका विषयमा छलफल गर्न नेकपा एमालेले बैठक च्यासलस्थित कार्यालयमा बोलाएको हो । बैठकले प्रतिनिधि परिषदका विषयमा व्यापक छलफल गरी सचिवालयलाई सुझाव दिने छ । यसैगरी इलामको उपनिर्वाचनको तयारी, कार्यकर्ता परिचालन, प्रचार शैली आदिका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन । महासचिवको नेतृत्वमा हुने एमालेको केन्द्रीय कार्यालयमा उप–महासचिव, सचिवहरु र कार्यालय सचिव रहने व्यवस्था छ । बैठकपछि  सचिवालयको बैठक बसेर प्रतिनिधि परिषदमा पेश हुने एजेण्डा र प्रतिवेदनलाई पनि अन्तिम रुप दिने एमालेको तयारी छ ।

प्रतिक्रिया