कर्णाली प्रदेशमा नयाँ सरकार गठनमा ढिलाइ

काठमाडौं । कर्णाली प्रदेशमा नयाँ सरकार गठनमा ढिलाइ भएको छ । गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भागबन्डा नमिल्दा नयाँ सरकार गठनमा ढिलाइ भएको हो । मुख्यमन्त्री राजकुमार शर्माले बुधबार नै राजीनामा दिएपनि एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्तीका लागि दाबी पेश गर्न सकेका छैनन । शर्माले राजीनामा दिएको पाँच दिन हुँदा पनि एमालेले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न नसकेको हो । एमालेसँगको छलफलमा शर्माले सरकार गठन गर्दा प्याकेजमै सहमति गर्नुपर्ने अडान राखेका छन् । तर एमालेले मुख्यमन्त्री नियुक्तिपछि मात्र भागबन्डा गर्नुपर्ने सर्त राखेको छ ।  कर्णालीमा माओवादी केन्द्रले सभामुख र बजेट धेरै हुने चार वटा मन्त्रालय मागेपछि एमाले अफ्ठयारोमा परेको छ । कर्णालीमा मुख्यमन्त्रीसहित आठ मन्त्रालय छन् । प्रदेशमा माओवादीले सभामुख, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण वा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमध्ये पाउनुपर्ने दाबी गरेको छ । सभामुख, मन्त्रालयको संख्या र आलोपालो मुख्यमन्त्रीको टुङ्गो नलगाएसम्म नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्न नसक्ने अडान माओवादीको छ । 
 

प्रतिक्रिया