लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री महराको शपथ ग्रहण आइतबार हुने

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराको शपथ ग्रहण आइतबार हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो एक बजे शपथग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ । आइतबार नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने योजना मुख्यमन्त्री महराको छ । बहुमत पु¥याउन समर्थन गर्ने साना राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई समेत सरकारमा सहभागी गराउने तयारी उनको छ । जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउनेगरी दलहरूको बीचमा सहमति भएको छ । लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित दशवटा मन्त्रालय छन् । केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन ।

प्रतिक्रिया