प्रधानमन्त्री पुष्पकमल दाहाल आज रुपन्देही जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज रुपन्देही जाने भएका छन् । एक सातादेखि लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा आयोजना गरिएको विराट चक्र विज्ञानको समापन तथा लुम्बिनी आध्यात्मिक जनजागरणको उदघाटन कार्यक्रममा सहभागी हुन उनी रुपन्देही जान लागेका हुन् । प्रधानमन्त्रीसँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि लुम्बिनी जाँदैछन । प्रधानमन्त्री दाहमाल दिउँसो हेलिकप्टरबाट लुम्बिनी आउने र सोही कार्यक्रम सकेर काठमाण्डौ फर्कने कार्यक्रम छ । श्ुक्रबार उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी रुपन्देही पुगेका थिए । जीवन विज्ञान परिषद प्रशिक्षक शिक्षा विकास केन्द्र लुम्बिनीले आयोजना गरेको साधनामा ५३ सय सहभागी तथा करिब एक हजार आयोजक स्वयंसेवकले एकैपटक यो कार्यक्रममा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया