सुनसरीको हरिनगर र देवानगञ्ज गाउँपालिका क्षेत्र आज शान्त
काठमाडौं । सुनसरीको हरिनगर र देवानगञ्ज गाउँपालिका क्षेत्र आज शान्त रहेको छ । दुई समूहबीच भएको झडपपछि उत्पन्न भएपछि प्रशासनले कफ्र्यू जारी गरेपछि अवस्था सामान्य बन्दै गएको हो । आज प्रशासनले सर्वदलीय बैठक बोलाएको छ । बैठकपछि अवस्थालाई ध्यानमा राखेर कर्फ्युबारे आवश्यक निर्णय हुने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले हरिनगरसहित ५ वटा पालिकामा अर्को सूचना नआउँदासम्म हिजो बेलुकादेखि अनिश्चितकालिका लागि कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले हरिनगर, देवानगञ्ज, इनरुवा, भोक्राहा र कोशीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी छ । कर्फ्यु आदेश भएका क्षेत्रमा भेला, प्रदर्शन, सभासम्मेलन, धार्मिक कार्य गर्न रोक लगाइएको छ । ती क्षेत्रमा अत्यावश्यक अवस्थामा सुरक्षाकर्मीसँग समन्वय गर्न आग्रह गरिएको छ । यसैबीच सुनसरीका राजनीतिक दलहरूले अपिल जारी गर्दै सद्भाव कायम गर्न आग्रह गरेका छन् । नेपाली काँग्रेस सुनसरीले अपिल जारी गर्दै द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पु¥याउन सक्ने भन्दै चिन्ता प्रकट गरेको छ । एसईई परीक्षा भएको स्थलमा एक जना युवामाथि कुटपिट भएपछि दुई समुदाय बीचमा झडप भएको थियो । हरिनगर क्षेत्र तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो । सुरक्षाकर्मीले भीड र प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा १९ जना सुरक्षाकर्मी र १० जना सर्वसाधारण घाइते भएका थिए । घाइते केहीको अहिले पनि स्थानीय अस्पतालमा उपचार भैरहेको र सामान्य घाइते उपचारपछि फर्किएका छन ।
प्रतिक्रिया