लुम्बिनीमा जोखबहादुर महरा नयाँ मुख्यमन्त्री बन्दै

काठमाडौं । लुम्बिनीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएसँगै आजै माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्ने भएका छन् । बिहीबार प्रदेशसभामा राजीनामा घोषणा गरेका मुख्यमन्त्री चौधरीले इमेलमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा पठाएपछि नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छरु। सत्तारुढ दलहरुले माओवादी संसदीय दलका नेता जोखबहादुर महराको नेतृत्वमा नयाँ सरकार गठनका लागि ४४ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गर्ने तयारी गरेका छन ।  शुक्रबार सुरुमै दावी पेश गर्ने र प्रदेश प्रमुखले महरालाई मुख्यमन्त्री नियुक्ति गर्ने तयारी रहेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर संकलन गरेर दावी पेशका लागि तयारी अवस्थामा राखिएको छरु। नागरिक उन्मुक्तिका ४ प्रदेशसभा सदस्य थपिने गरी कांग्रेस गठबन्धन छाडेका संसदीय दलका नेता धर्मबहादुर चौधरीले भने आन्तरिक विवादका कारण हस्ताक्षर नभएको जनाइएको छ । लुम्बिनी प्रदेशमा बहुमत पु¥याउन समर्थन गर्ने साना राजनीतिक दलसहित स्वतन्त्र सांसदलाईसमेत सरकारमा सहभागी गराउने सहमति छ । जस अनुसार नेकपा एमालेलाई ५ , माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित तीन र बाँकी अन्य मन्त्रालय साना राजनीतिक दलहरूलाई दिनेगरी तयारी गरिएको छ । पहिलो चरणमा सबै दलबाट एकएक जना मन्त्री बनाइने सहमति गरिएको छ ।

प्रतिक्रिया