गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा राजीनामा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन ।  प्रदेश सरकारमा अल्पमतमा परेका पाण्डेले आज प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन । राजीनामा दिएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री पाण्डेल अव प्रदेशमा नयाँ सरकार बनाउने प्रक्रिया अघि बढने बताए ।  प्रदेशमा निर्णायक मानिएको राप्रपाको २७ गतेसम्मको आन्दोलन नसकिएसम्म नयाँ सरकार बन्न नसक्ने उनको भनाइ थियो । 
मुख्यमन्त्री पाण्डेले आफुले गण्डकी प्रदेशलाई आत्मनिर्भर र समृद्ध प्रदेश बनाउने सिलसिलामा इमान्दारितापूर्वक आफूले काम गरेको दाबी समेत गरे । पाण्डे प्रदेशको ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री बन्ने रणनीतिमा छन् । फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार जोगाउन चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने भएपनि उनी असफल भएका थिए । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७ सांसद छन् । बहुमत पु¥याउन ३१ सांसद आवश्यक हुन्छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार गण्डकीमा सत्ता गठबन्धनका एमालेको २२ र माओवादी केन्द्रको सभामुखसमेत आठ सिट छ । यहाँ सरकार गठनका लागि राप्रपा निर्णायक छ ।

प्रतिक्रिया