सहकारी ठगीबारे संसदीय छानबिन समिति नबने संसद चल्न नदिने कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउन काँग्रेसले दिएको अल्टिमेटम सकिएको घोषणा गरेका छन । आज प्रतिनिधि सभा बैठकमा उनले अर्को प्रतिनिधि सभा बैठकसम्म संसदीय छानविन समिति गठन नभए बैठक चल्न नदिने चेतावनी दिएका हुन । कांग्रेका महामन्त्री समेत रहेका शर्माले विगतमा संसद अवरुद्ध भएको र तोडफोड समेत भएको आफूहरुले देखेको भन्दै प्रतिपक्षको विनम्रता र शालिनता कमजोरी नठान्न चेतावनी दिए । 
महामन्त्री शर्माले नेपाली काँग्रेस संसदीय छानविन समिति बनाउने कुरामा दायाँबायाँ नहुने पनि बताए । सहकारी ठगीमा आरोपी जिबि राईलाई ल्याउन ढिलाइ भएकोमा समेत उनले आपत्ति जनाए । राई राई गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहेको सूचना आफूहरुसँग रहेको महामन्त्री शर्माको भनाइ थियो । सांसद शर्माले मलेसियाको कानूनमा कुनैपनि देशको कोही अभियुक्त भएमा सम्बन्धित देशले कुटनैतिक प्रक्रियाबाट माग गरेमा सुपूर्दगी गर्न सकिने उल्लेख गरिएको पनि स्मरण गराए । गृहमन्त्री लामिछानेको विषयमा छानबिन नगरी प्रधानमन्त्री दाहालले उनलाई निर्दोष छन् भन्नुले थप शंका पैदा भएको उनको भनाइ थियो । महामन्त्री शर्माले प्रतिपक्ष काँग्रेसको सहमति बिना अथवा कार्यव्यवस्था परामर्श समितिको सहमति बिना संसद बैठक सञ्चालनका लागि कार्यसूचि नराख्न सभामुखलाई आग्रह समेत गरे ।

प्रतिक्रिया