उपनिर्वाचनमा उम्मेदवार चयन गर्न कांग्रेस बैठक आजपनि बस्दै

काठमाडौं । नेपाली काँग्रेसको कार्यसम्पादन समिति बैठक आज पनि बस्ने भएको छ । उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन आज दिउसो बैठक बस्न लागेको हो ।  हिजो साँझ बसेको बैठकमा सभापति शेरबहादुर देउवा र शेखर–गगन पक्षले आफु निकट नेता उम्मेदवार बन्नुपर्ने अडान राखेपछि सहमति प्रयासका लागि आज पुन छलफल हुन लागेको हो । सभापति देउवाले बैठकमा इलाम–२ मा डम्बर खड्का र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवारका रूपमा प्रस्ताव गरेका थिए । नेता शेखर कोइराला र महामन्त्री गगन थापाले इलाम–२ मा भेषराज आचार्य र बझाङमा जगत जोशीको नाम अघि सारेका छन । महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङदम्बेले गरेको इलाम–२ को अध्ययनमा खड्कालाई उम्मेदवार बनाउन उपयुक्त हुने बताइएको थियो । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभामा उप निर्वाचन हुँदैछ ।

प्रतिक्रिया