कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिदैँ

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा आज विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको मंगलबार बसेको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको हो । कांग्रेसले फागुन २२ गते समर्थन फिर्ता लिएकाले संवैधानिक प्रावधानअनुसार शर्माले आजसम्म विश्वासको मत लिइसक्नुपर्ने छ । सत्ता गठबन्धन दलको केन्द्रीय सहमतिअनुसार कर्णालीमा सरकारको नेतृत्व नेकपा एमाले लाई दिने निर्णय भए पनि कर्णालीमा सरकार गठनमा जटिलता सिर्जना भएको छ । विश्वासको मत लिएपछि मात्रै केन्द्रको सहमतिको मर्म र निर्णयबमोजिम सत्ताको नेतृत्व जसले पाउने भनिएको हो उसलाई हस्तान्तरण गर्ने माओवादी संसदीय दलले निर्णय गरेको हो । ४० सदस्यीय कर्णाली प्रदेशभामा कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसद एक एक जना सांसद छन् ।
 

प्रतिक्रिया