लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकद्धारा बिहीबार बजेट अधिवेशन आह्वान गर्ने निर्णय
काठमाडौं । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बिहीबार बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले २२ गते बिहीबार संसद् अधिवेशन बोलाउने निर्णय गरेको हो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्रयोजनका लागि अधिवेशन आह्वान गरेका हुन् । लुम्बिनी प्रदेशका गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेयले बिहीबार दिउँसो ४ बजे बैठक बोलाउने निर्णय गरिएको जानकारी दिए । केन्द्रमा सत्ता बदलिएपछि माओवादीले फागुन २३ गते चौधरीलाई दिएको समर्थन फिर्ता लिएपछि एक महिना भित्र अर्थात चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । सो समयसम्म विश्वासको मत नपाए बैकल्पिक सरकार गठन प्रक्रिया अघि बढनेछ । माओवादी , एमाले सहित दलहरू पनि केन्द्रीय समीकरण अनुसार माओवादीको नेतृत्वमा सरकार गठन गर्ने तयारीमा छन । लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य रहेका छन् । बहुमतका लागि ४४ सांसद चाहिन्छ । कांग्रेससँग २७, नागरिक उन्मुक्ति पार्टीसँग ४, जनमत पार्टीसँग ३ राप्रपासँग ३ र लोसपासँग ३, जनमोर्चासँग १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् । यसैगरी, एमालेसँग २९, माओवादीसँग सभामुख बाहेक १०, जसपा सँग ३ र नेकपा एकीकृत समाजवादीसँग १ जना प्रदेशसभा सदस्य छन् । सरकार बनाउन नयाँ गठबन्धनलाई एक जना प्रदेशसभा सदस्य संख्या कमी हुने देखिन्छ । रुलुम्बिनीमा नयाँ सरकार गठनका लागि साना दल निर्णायक देखिएका छन ।
![कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/Pm%2520Photo_unnbtCexkC_9w0p8i9epwdtagattugx0hkyijezc2tn0p7l5ddmivhgxocu9dcpgowqtygg_6347FwmBLt_0fceodu8f22zvv4kxbaj7odqqibfyhb1dajkemzkvzylprmestokfljtuthx.jpeg)
कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
![अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/hatpat%2520dinesh_Dh42PDEzsc_ikjktunel0ktidkjwwqhpedtvgtk9g6kwgh4zbzatpehmoect5jcnhpppnkp_wJQDTN3mtD_ujxz3sibqr04umplusj4bijup7a9wnk18dqyr7o33psghed1gqpvcbuamowt.jpg)
अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने ३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता
![दिल्लीमा सकियो विधानसभा मतदान, सिंहासन कब्जा गर्ने संघर्षमा ‘भाजपा’](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_7133_KQrQeDfaAa_aguzba7gyoa3hsowlxvslrkayxyii3kh63kcp4uco51jb4wjitcfplfhebrq_3Vjn0QwZgr_78hnkyeyjbvfaxtvzejo3fwzcoqhhkiprm2uxlto5hmugpeqiws9eodeu5a8.jpg)
दिल्लीमा सकियो विधानसभा मतदान, सिंहासन कब्जा गर्ने संघर्षमा ‘भाजपा’
![काठमाडौं–तराई/मधेस द्रुतमार्गको समस्या समाधानमा प्रधानमन्त्रीको चासो](https://snowberry.prixacdn.net/media/gallery_folder/202502051742-ed23e1f6-e112-4d92-84a1-772a602488e6_medium_t0xKwExeAK_ymokqbcp87ry4u9tddovgdyep7lfaaxud4jo0cdusd0bmc3cemuywh2j4xlu_bsQLR3bYQJ_pl5cd7dkwv2umbxiwa2xmwmhcqbgugbkqckqcyh3cundldc6avam0sbi7wia.jpeg)
प्रतिक्रिया