सुनको मूल्य तोलामा चार सयले घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा चार सयले घटेको छ । आज छापावाल सुन तोलाका एक लाख ३१ हजार दुई सय र तेजावी एक लाख ३० हजार पाँच सय ५० मा कारोबार भैरहेको हो ।  चाँदी भने तोलामा दश रुपैया बढेर तोलाको एक हजार पाँच सय ४५ मा कारोबार भैरहेको छ ।

प्रतिक्रिया