धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गरे प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धरानबाट आएको साम्पाङसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गर्दै विभिन्न विकासका माग राखेका हुन । भेटमा आफूहरूले खानेपानी, विमानस्थल, राजमार्ग ल्यान्डफिल साइट, उद्योगलगायतका माग प्रधानमन्त्री समक्ष राखेको मेयर साम्पाङले जानकारी दिएका छन् ।

प्रतिक्रिया