सहकारी प्रकरणको अनुसन्धानमा सघाउन कांग्रेसको गृहमन्त्रीलाई आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणको अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका छन । आज प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद यादवले सहकारी प्रकरणमा निष्पक्ष छानविन गरेर सत्यतथ्य बाहिर नल्याएसम्म गृहमन्त्रीलाई आरोपले नछोड्ने र जिन्दगीभर लखेट्ने बताएका हुन । सांसद यादवले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र रास्वपाकै सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि हाम्रो नयाँ कृषि सहकारी संस्थामा हुँदा निक्षेपकर्ताको चार करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नदिएको विषयमा पनि छानविनको  माग गरे । 
सांसद यादवले रास्वपाका नेताहरुमाथि पनि निष्पक्ष छानविन गर्न सरकारको ध्यानाकर्षण समेत गराए । सहकारी प्रकरणमा छानविन गर्न संसदीय समिति बनाउने कुरा नेपाली काँग्रेसको अनिवार्य शर्त भएको उनको भनाइ थियो । छानविनले गृहमन्त्री लामिछानेलाई नै सहयोग गर्ने समेत उनको भनाइ छ ।

प्रतिक्रिया