वायुसेवा नियममको न्यारोबडी जहाज खरिदमा अनियमितता भएको संसदीय समितिको निस्कर्ष

काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले अन्तर्राष्ट्रिय निकायहरुसँग सस्तो ब्याजमा कर्जा लिएर सञ्चय कोष र लगानी कोषको महँगो ब्याजको पैसा फिर्ता गरिने बताएका छन । आज प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा कर्मचारी सञ्चय कोषबाट १२ अर्ब र नागरिक लगानी कोषबाट पनि १२ अर्ब रुपैयाँ महँगो ब्याजमा ऋण लिएर जहाज खरिद गरेको स्वीकार गर्दै त्यो पैसा फिर्ता गरिने बताएका हुन । अध्यक्ष अधिकारीले निमगले महँगो ब्याजदर घटाउनको लागि अन्तर्राष्ट्रिय निकायहरुसँग १ खर्ब ३५ अर्बको ऋण सहयोग माग गरेको जानकारी दिए । 
अध्यक्ष अधिकारीले ऋण २ वा ४ प्रतिशतमा पाइयो भने मँहगो ब्याजदरको पैसा र्फिता गर्ने बताए । उनले निगम सुधारको लागि व्यवसायिक योजनाहरु बनाउने चरण रहेको भन्दै बुद्धिष्ट सर्किटको लागि जहाजहरु भाडामा लिएर भएपनि सञ्चालन गर्ने तयारी गरेको बताए । बैठकमा सांसदहरुले भने नेपाल वायुसेवा निगम र नागरिक उड्डयन प्राधिकरणका गतिविधि अध्ययन गर्न दुई वटा उपसमिति बनाउन सांसदहरुले माग गरेका छन् । 
छलफलपछि समितिले न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेश गर्न नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय समितिको निर्देशन दिएको छ ।  
न्यारोबडी जहाज खरिद प्रक्रिया भ्रष्टाचारजन्य कार्य नभएको समितिलाई विश्वास हुनेगरी स्पष्ट जवाफ पेश गर्न समितिले भनेको हो । समितिले न्यारोबडी जहाजका विषयमा उपसमिति बनाएर छानबिन गर्ने पनि जनाएको छ । समितिले न्यारोबडी जहाज खरिद सम्झौताको बेलामा भएका सबै प्रक्रियाको बारेमा पनि पेश गर्न निगमलाई भनेको छ ।

प्रतिक्रिया