कोशीको गौरवको घिनाघाट–विराटचोक सडक आयोजना निर्माण अन्तिम चरणमा
काठमाडौं । कोशी प्रदेश सरकारको गौरवको आयोजना घिनाघाट–विराटचोक चार लेन सडकको बाँकी काम अन्तिम चरणमा पुगेको छ । निर्माण शुरु भएर चार वर्षसम्म म्याद मात्रै थपिरहेको सो सडकको काम अन्तिम चरणमा सम्पन्न पुगेको हो । सरकारले सर्वजनिक खरिद नियमावलीको उक्त मौजुदा व्यवस्था संशोधन गरेपछि अलपत्र अवस्थामा रहेको घिनाघाट–विराटचोक चारलेन सडक आयोजना अबको एक वर्षभित्रैै सम्पन्न हुने पूर्वाधार विकास कार्यालय र ठेकेदार कार्यालयले जनाएको छ ।
कोरोना कारण र विभिन्न कारणले भएको मूल्य वृद्धिले विगतमा निर्माणमा ढिलाइ भएको कार्यालयको भनाइ छ ।दोस्रोपटक थपिएको म्यादमा पनि ठेक्का सम्पन्न नगरे उक्त निर्माण कम्पनीलाई कालोसूचीमा समावेश गर्ने चेतावनी भौतिक पुर्वाकार कार्यालयको छ । घिनाघाट–विराटचोक सडक तीन प्याकेजमा विभाजन गरी २०७६ सालदेखि बनाउन शुरु गरिएको थियो । पटकपटक म्याद थप गर्दा पनि काम अघि बढ्न नसकेको आयोजना पछिल्लो आठ महिनादेखि अलपत्र अवस्थामा रहेको थियो । घिनाघाट–विराटचोक २२.१९ किलोमिटरको सडक आयोजनाको बाँकी काम शुरु हुन लागेसँगै स्थानीयहरु काम सम्पन्न हुने आशमा रहेका छन् ।
प्रतिक्रिया