नेपालसँगका चौध वटा परम्परागत व्यापार सीमा नाका यथास्रिघ खोल्न चीन सकारात्मक
काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कोरोना महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथाशिघ्र खोल्न चीन पक्ष तयार भएको जानकारी दिएका छन । चीन भ्रमण सकेर स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले परम्परागत व्यापार सीमा नाकाहरू यथशिघ्र खोल्न नेपालले गरेको आग्रहलाई चीन पक्षले स्वीकारेको जानकारी दिएका हुन । उपप्रधानमन्त्री श्रेष्ठले नेपाल–चीनबीच नियमित रूपमा उच्चस्तरमा छलफल गर्न परराष्ट्र मन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएको जानकारी पनि दिए । उपप्रधानमन्त्री श्रेष्ठले बेल्ट एण्ड रोड इनिसिएटिभको कार्यान्वयन योजनालाई अन्तिम रूप दिई कार्यान्वयन गर्नेबारे छलफल भएको उल्लेख गरे ।
चीन भ्रमण गर्न चाहने नेपालीलाई निःशुल्क भिसा उपलब्ध गराउन पनि चीन सकारात्मक भएको उनको भनाइ छ । तिब्बतका सीमावर्ती केही नेपाली गाउँहरूमा विद्युतीकरण गर्न चिनियाँ पक्ष सकारात्मक देखिएको मन्त्री श्रेष्ठले जानकारी दिए । उनले लगानी सम्मेलनमा सरकारी तथा निजी क्षेत्रका चिनियाँ लगानीकर्ताहरूको बढीभन्दा बढी सहभागिताका लागि अनुरोध गरेको पनि बताए । नौ दिने औपचारिक चीन भ्रमण सकेर श्रेष्ठ आज काठमाडौं आएका हुन ।
प्रतिक्रिया