सरकारले सहकारी ठगहरुलाई संरक्षण दिएको प्रतिपक्ष नेपाली कांग्रेसको आरोप

काठमाडौं । नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले सरकारले सहकारी ठगहरुको पक्षमा वकालत गरेको बताएकी छिन । आज प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद गौतमले सरकारले सहकारी पीडितहरुलाई न्याय दिनुभन्दा पनि सहकारी ठगहरुको पक्षमा वकालत गरेको आरोप लगाएकी हुन । सांसद गौतमले प्रधानमन्त्री दाहालले सरकार टिकाउनका लागि गृहमन्त्रीमाथि सहकारी प्रकरणमा अनुसन्धान नगरेको आरोप लगाइन । 
सांसद गौतमले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगको संज्ञा दिँदै प्रधानमन्त्रीले संसदमा उभिएरै गृहमन्त्रीको पक्षमा न्यायाधीश जसरी फैसला सुनाएको आरोप पनि लगाइन । प्रधानमन्त्री कार्यकारी पनि आफैँ र न्यायालयपनि आफैँ भएर प्रश्तुत भएको उनको भनाइ थियो । सांसद गौतमले गृहमन्त्री लामिछानेले आफू विरुद्ध परेको उजुरीलाई चिर्कटोको संज्ञा दिएको उल्लेख गर्दै उजुरी ताम्रपत्र वा स्वर्णपत्रमा लेख्ने चलन नभएको उल्लेख गरिन । सहकारी समस्या छानवीनका लागि संसदीय समिति बनाउनुपर्ने माग समेत उनले दोहो¥याइन ।

प्रतिक्रिया