मोरङको रतुवामाईका किसानहरु ड्रागन फुडको खेतीतर्फ आकर्षित

काठमाडौं । मोरङको रतुवामाईका किसानहरु ड्रागन फुडको खेतीतर्फ आकर्षित भएका छन । जिब्रोमै झुण्डिने स्वाद र बढ्दो बजार मागले व्यावसायिक खेतीमा किसानहरु आकर्षित भएका हुन । पहिले विदेशतिर मात्रै पाइने फलको खेतीमा सीमावर्ति क्षेत्रका युवाको आकर्षण देखिएको हो । 
सिजुवाका दुर्गाप्रसाद ढकालले किसानले सुनसरी  बाट प्रति गोटा ७० का दरले जम्मा २४ सय बिरुवा ल्याएर व्यवसायिक खेती थालेका छन । सुरुमा बढी लागत लागेता पनि पछि राम्रो  फल दिने भए पछि मनग्ये आम्दानी हुने अपेक्षा ढकाल परिवारको छ । 
पछिल्लो समयमा यो फलको माग बजारमा बढेको छ । यो फल स्थानीय बजारमा प्रतिकेजी ५ सय देखि ७ सय रुपैयाँ सम्म बिक्री हुने गरेको छ । सरकारले सहयोग गरेमा खेती विस्तार गर्ने योजनामा किसानहरु रहेका छन । 

प्रतिक्रिया