न्यायाधीशहरुको आचरण छानविन गर्न संसदीय समिति बनाउन सांसदहरुको माग

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले न्यायाधीशहरुको आचरण छानवीन गर्न संसदीय छानवीन समिति गठन गर्न माग गरेका छन । प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य सिंहले न्यायपालिकाले पहुँचको आधारमा निर्णय गर्ने बताएका हुन । उनले व्यक्तिको प्रभावको आधारमा मुद्दा फैसला हुने गरेको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुको मोबाइल रेकर्ड हेरिनुपर्ने बताए । 
सांसद सिंहले कयौँ मुद्दाहरुलाई वर्षौंदेखि पेशी नदिने तर कुनैलाई जबर्जस्ती छिटोभन्दा छिटो फैसला गर्ने गरिएको भन्दै उहाँले यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले हावाहुरीका कारण किसानको बाली नष्ट भएकोले क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे । 
रास्वपा सांसद अशोक चौधरीले ऋण लागेका किसान मर्न अवस्थामा रहेको भन्दै संसदको ध्यानाकर्षण गराए । उनले ऋण लागेका किसान मर्ने अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन । 
नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले त्रिशुलीमा ट्याक्सी दुर्घटनामा गोरखाका सर्वसाधारण मारिएको भन्दै सडक सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।
 

प्रतिक्रिया