संवैधानिक परिषद् द्धारा रिक्त महालेखा परीक्षकमा तोयम राय सिफारिस

काठमाडौं । महा लेखापरीक्षकमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम राय सिफारिस भएका छन् । संवैधानिक परिषद्को आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई सिफारिस गर्ने निर्णय गरेको हो । उनलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरिएको परिषदले जनाएको छ ।  राया हाल राष्ट्रिय तथ्यांक कार्यालयमा सचिव छन् । महालेखा परीक्षकमा १५ जनाले आवेदन दिएका थिए । प्रतिस्पर्धीहरुमध्येबाट सरकारले सचिव रायाको नाम सिफारिस गरेको हो । संवैंधानिक परिषद्को सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । महालेखा परीक्षकको कार्यकाल ६ वर्षको हुनेछ । रायाले सचिवको रुपमा यसअघि अर्थसचिवको रुपमा पनि काम गरेका थिए। टंकमणि शर्माको पदावधि सकिएपछि महालेखा परीक्षक जेठ सात गतेदेखि कार्यालय नेतृत्वविहीन थियो । यसैविच विभिन्न संवैधानिक निकाय र आयोगमा गरिने नियुक्तिका लागि अबदेखि एक महिनापहिले नै निवेदन मागिने भएको छ । आज बसेको संवैधानिक परिषद्को बैठकमा सो सहमति भएको हो । महालेखा परीक्षकमा तोयम रायको नियुक्ति संवैधानिक समस्या आउन नदिन तत्कालै गर्नु परेपनि अन्यमा आवेदन माग गरिने भएको हो । निवेदकहरूमध्ये योग्यलाई छानेर नियुक्ति दिने सहमति परिषदमा भएको सदस्यहरुले बताएका छन।

प्रतिक्रिया