चीनले ग¥यो नेपालसँग सिमा जोडिएका १४ नाका तत्काल सुरु गर्ने सहमति

काठमाडौं । चीनले नेपालसँग सिमा जोडिएका तातोपानी, कोरला सहित परम्परागत १४ नाका तत्काल सुरु गर्नेमा सहमति जनाएको छ । उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र उनका चिनियाँ समकक्षी वाङ यी बीच मंगलबार बेइजिङमा  भएको द्विपक्षीय भेटवार्तामा उक्त सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बेइजिङस्थित स्टेट गेस्ट हाउसमा भएको भेटमा चीनले सीमासँगै बीआरआई र अन्य नेपाल चीनसँग जोडिएका परियोजनाहरुलाई प्राथमिकता दिएर अघि बढाउने प्रतिवद्धता चीनले जनाएको हो । प्रतिनिधिमण्डलस्तरमा भएको उक्त वार्तामा नेपाल–चीन सीमा क्षेत्रमा रहेका १४ वटा परम्परागत नाकालाई तुरुन्त सञ्चालनमा ल्याउने समझदारी भएको बताइएको छ । भेटमा चिनियाँ विदेशमन्त्री वाङले विभिन्न प्रयोजनका लागि चीन आउने नेपाली नागरिकलाई प्रवेशाज्ञा भिसा निःशुल्क गर्न चीन सकारात्मक भएका छन । नेपाल–चीन अन्तरदेशीय प्रसारण निर्माणलाई छिटो अघि बढाउने तथा यसअघि सचिवस्तरमा रहेको उच्चस्तरीय परामर्श संयन्त्रलाई मन्त्रीस्तरीय बनाउने सहमति भएको छ । नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआई कार्यान्वयन कार्ययोजनामा चाँडै हस्ताक्षर गर्ने समझदारी भएको छ । संयुक्त सीमा निरीक्षण टोलीले काम थाल्नेलगायतका विषयमा पनि दुवै पक्षबीच समझदारी बनेको छ । दुई पक्षबीच नेपालमा कृषि प्रविधि उद्यान निर्माणको प्रक्रिया छिटो अघि बढाउने तथा विकासका योजनाका बारेमा ठोस प्रस्ताव लिएर अघि बढ्ने समझदारी भएको छ ।
 

प्रतिक्रिया