नेपालमा सिद्धान्त र विचारविहिन राजनीतिक ध्रुविकरण हुँदै गए: विश्लेषक

राजनीतिक विश्लेषकहरुले नेपालमा सिद्धान्त र विचारविहिन राजनीतिक ध्रुविकरण हुने गरेको भन्दै यस्तो भइरहेमा राजनीतिक दुर्घटना निम्तिन सक्ने खतरा औँल्याएका छन् ।  राजनीतिक दलहरुले विचार, सिद्धान्त र एजेण्डामा एकरुपता नहेरी सत्ता स्वार्थमा राजनीतिक ध्रविकरण गर्ने गरेकाले यसको निरन्तरता भइरहे निकट भविष्यमा राजनीतिक दुर्घटना निम्तिनसक्ने बताएका हुन् । देशका राजनीतिक दलहरुमा सत्तामा जानु नै उपलब्धि हासिल हुनु र सत्तामा जान नसक्नु नै असफल हुनु हो भन्ने भाष्य स्थापित भएको विश्लेषक बताउछन । 
विश्लेषकहरुले राजनीतिक दलहरु निश्चित आधार मुद्दा र मापदण्डका आधारमा नभई केवल सत्ता स्वार्थका खातिर ध्रुविकृत अथवा विकेन्द्रित हुने गरेको पनि बताएका छन । नेपालमा भने सत्तालिप्सा र गणितको खेलमा मात्रै एक हुने गरिएकाले त्यसलाई धु्रविकरण मान्न नसकिने उनीहरु बताउछन । 

प्रतिक्रिया