बाँसबारी जग्गा प्रकरणमा ‘सीआईबी’ले लियो बिनोद चौधरीसँग बयान

पब्लिक प्राइभेट साझेदारेलाई राजनीतिकरण गरिएको चौधरीको प्रतिक्रिया

बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो ‘सीआईबी’ले बयान लिएको छ । सरकारी वकिलको कार्यालयमा आज बिहान चौधरीको बयान लिइएको हो । बयानका लागि चौधरी आफै आज विहान आठ बजे सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेका थिए । बयान सकिए लगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले सरकारी जग्गा हिनामिनामा आफ्नो कुनै संलग्नता नरहेको प्रतिक्रिया दिएका छन् ।  जग्गा हिनामिना भएको भनेर राजनीतिकरण गरिएको उनको आरोप छ । 
४२ वर्ष अगाडि बाँसबारी जस्तो अनकन्टारमा कौडीको पनि भाउमा नबिक्ने जग्गालाई आधार बनाएर ’पब्लिक प्राइभेट’ साझेदारीको एउटा नविनतम सोचलाई जुन किसिमबाट राजनीतिकरण गरिएको उनको भनाइ छ । १० रोपनी जग्गामा आफ्नो ग्रुपले कुदृष्टि राख्छ भनेर सोच्नु नै एउटा विकृत मानकिता उपज भएको उनको भनाइ छ । बयानकै लागि ‘सीआईबी’ले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सांसद चौधरीमाथि पनि अनुसन्धान भइरहेको जानकारी गराएको थियो । बाँसबारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले अनुसन्धान जारी राखेको छ । बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण भएको थियो । विनोद चौधरी च्याम्पियन फुटवेयर लिमिटेडका शेयर धनी एवम् तत्कालीन सञ्चालक समिति सदस्य हुन् । सरकारी जग्गा गैरकानुनी रुपमा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको खुलेपछि उनीपनि अनुसन्धानमा तानिएका हुन । अहिले जग्गाको स्वामित्व विनोद चौधरीको नाममा नभएपनि सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेलेको देखिएकाले भन्दै सीआइबीले अनुसन्धान गरिरहेको हो । यही घटनामा  माघ १८ गते बिनोदका भाई अरुण चौधरीसहित ३ जना पक्राउ परेका थिए । विनोदकै भाई वसन्त चौधरीलाई बोलाएर कागज गराइएको छ । 

प्रतिक्रिया