प्रतिनिधि सभा बैठक रोकेर सभामुख सहित प्रमुख दलका सचेतक आज जेनेभा भ्रमणमा निस्कदै

सभामुख देवराज घिमिरे र शीर्ष  राजनीतिक दलका ४ प्रमुख सचेतकसहित १० सदस्यीय टोली आज जेनेभा प्रस्थान गर्दैछ । टोली आज साँझ पौने ६ बजे कतार एयरवेजको विमानमार्फत् जेनेभा जान लागेको हो । अन्तर व्यवस्थापिका संसद् आइपीयूको सम्मेलनमा भाग लिन उनीहरु ८ दिनका लागि जेनेभा जान लागेको संसद् सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले जानकारी दिए। टोली चैत १६ गते नेपाल फर्किने तालिका रहेको छ । सभामुखसहित ४ प्रमुख सचेतकहरु नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियार जेनेभा जाँदैछन ।  प्रतिनिधिसभा १० दिनका लागि स्थगित गरिएको छ। प्रतिनिधिसभाको अर्को बैठक चैत १८ गते बस्ने छ । आगामी आर्थिक वर्षको विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता माथिको छलफल सकिएपछि बैठक स्थगित भएको हो । 
 

प्रतिक्रिया