श्रीमतीलाई राष्ट्रिय सभा सांसद बनाउन नसकिने भएपछि मोहनविक्रम सिंह रोएर उधुम छ: ओली

नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह पतन भएको टिप्पणी गरेका छन्। कांग्रेस सरकारबाट हटेपछि श्रीमती दुर्गा पौडेललाई राष्ट्रिय सभाको सांसद बनाउन नसकिने भएपछि पुराना कम्युनिष्ट नेता सिंह अहिले छाती पिटेर रोइरहेको ओलीले टिप्पणी गरेका छन्। 

पार्टीको काठमाडौं जिल्ला कमिटीले बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले श्रीमती पौडेलले पद नपाउने देखेपछि रोइकराई गर्न लागेका सिंह केका लागि जीवनभर कम्युनिष्ट भएका रहेछन् भन्ने कुरा पनि पर्दाफास भएको दाबी गरे। 
उनले भने, ‘मुख्य कुरा हाम्रो काम। सक्रियता र सफलता। सफल बनायौं भने सबै चिज आउँछ। सफल बनाउन सकेनौं भने र, असफल हुँदै गयो भने मान्छे फ्रष्टेडेड हुन्छ। एक जना आफूलाई कम्युनिष्ट भन्ने पुराना नेता छन्। तपाईंहरूले पनि चिन्नुहुन्छ होला। मोहन विक्रमसिंह नाम हो उहाँको। अहिले कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर छाती पिटिपिटी रोएर उधुम छ बुढाको।’ 

उनले अघि भने, ‘कांग्रेस बाहिर रह्यो सरकारबाट। कांग्रेस आएको भए मेरी श्रीमतीलाई राष्ट्रिय सभामा मनोनीत गरेर पठाउथ्योहोला सम्झिन्छन्। फेरि ग्वाग्वा रून्छन्। छाती पिट्छन्। त्यसरी पतन हुँदो रहेछ मान्छे। कम्युनिष्ट भनेर जिन्दगीभर ढाँट्योढाँट्यो। बुढेसकालमा गएर केका लागि मरिमेटेको रहेछ भन्ने कुरा पर्दाफास भयो। 

उनले सिंह निराश र हतोत्साही भएपछि के टिप्न पाइन्छ भनेर कांग्रेसको पछि लागेको आरोप लगाए।

 

प्रतिक्रिया